पत्रकारले सोच्नै नसक्ने आरोप लगाएपछि आक्रोशित हुँदै मिडियामा आइन् ‘बोल माया’ की अञ्जली



०३ असार २०७६, काठमाडौँ

अञ्जली अधिकारी पछिल्लो समयकी निकै चर्चित र व्यस्त मोडल हुन् । उनले थुप्रै सुपरहिट म्यूजिक भिडियोमा काम गरिसकेकी छिन् । पछिल्लो समयमा उनी अभिनीत गलबन्दी बोलको गीतले बजार तातिएको छ ।

यस्तै अहिले मिडियामा अञ्जली निकै आक्रोशित भएर आएको कुराले चर्चा पाइरहेको छ । अञ्जलीको नाम शंकर विसी, बन्द्री पंगेनी र हुँदा हुँदा पशुपति शर्मासँग पनि जोडिएर आउन थालेका छ । अञ्जलीले यी तिनै अग्रज कलाकारलाई आफ्नो अभिभावक मान्ने बताउँदै आएकी छिन् । तरपनि मिडियामा यस्ता खबर आएपछि उनले सहन सकिनन् ।

अञ्जली अधिकारीलाई पत्रकारले यस विषयमा प्रश्न गरेपछि उनी रिसाएकी हुन् । उनले आफूले उहाँहरुलाई आफ्नो परिवार मान्दै आएको तरपनि यस्ता खबर आउँदा नराम्रो महशुस भएको बताइन् । अहिले उनी व्यस्त भएका कारण मिडियामा त्यति आएकी छैनन् । तर मिडियाले अञ्जलीको भाउ बढेको बताइरहेको छ । अञ्जलीले यसबारे पनि स्पष्टिकरण दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्