नवलपुरमा मानव अधिकारको स्थिती सुधार गर्नुपर्नेमा सरोकारवालाको जोड



३२ जेठ २०७६, देवचुली

नवलपुरमा मानव अधिकारको स्थीती सुधार गर्नुपर्ने विषयमा सरोकारवालाले जोडदिएका छन ।

राष्ट्रिय मानव अधिकार तथा सामजिक न्याय मन्च (मानव अधिकार एलायन्स) नवलपुर शाखाले आयोजना गरेको नवलपुरमा मानव अधिकारको अवस्था र किशोरी संरक्षणको सवाल विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले बालबालिकाहरु, किशोरीहरु र महिला माथी हुने हिंसाका घटना रोक्न स्थानीय तह, राजनैतिक पार्टी, प्रहरी प्रशासन, र अन्य सरोकारवाला बिचमा समन्यव हुनुपर्ने बताएका छन ।

एलाइन्सका उपाध्यक्ष कृष्ण वि.कको अध्यक्षता तथा सचिव दिपक शर्माको सञ्चालनमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा नवलपुरमा मानव अधिकारको अवस्थाको विषयमा अधिकार कर्मी तथा अधिवक्ता भूपेन्द्र खनालले प्रस्तुतीकरण गरेका थिए । उनले विगतमा पारालिगल कमिटिहरु र अन्य विभिन्न सामुदायिक संस्थाहरु र व्यक्तिहरुले देखाएको सकृयतालाई निरन्तरता दिनुपर्ने प्रहरी प्रशासन, जनप्रतिनिधिहरु बिचमा समन्वय हुनुपर्ने, बलात्कार, बालविवाह, यौन दुर्व्यवहारका घटनाका अपराधी जोगाउन राजनैतिक व्यक्तिहरु लाग्न नहुने बताएका थिए ।

कार्यक्रममा एलाइन्सका केन्द्रीय सदस्य तथा नवलपुर इन्चार्ज तिलोत्तम पौडेलले मानव अधिकारको संरक्षण प्रवर्द्धन गदै किशोरीको संरक्षण सबैको ध्यान जान जरुरी भएको बताए ।

कार्यक्रममा अधिकारकर्मी मिलन धरेरलले संविधान ऐन कानूनको दृष्ट्रीकोणमा सबै समान रहेकोले मानवअधिकार उल्लंघनकर्ताको बिषयलाई उजुरी दिन कन्जुस्याई गर्नु नहुने बताए । कार्यक्रममा किशोरीहरु प्रिति भुषाल, सपना पौडेल, आशा वि.कले किशोरीहरुको संरक्षण घर परिवार, विधालय समुदाय, सार्वजनिक स्थल सबै ठाँउमा हुनुपर्ने बताएका थिए ।

४० जनाको सहभागिता रहेको कार्यक्रममा ईलाका प्रहरी कार्यालय रजहरका प्रहरी सहायक निरिक्षक ध्रुव पौडेलले मानव अधिकार उत्थान रोक्न हिंसा हुन नदिन नेपाल प्रहरी सहकार्य गर्न तयार रहेको बताएका थिए । कार्यक्रममा बालमैत्री परामर्शदाता खिमानन्द भुसाल, परिवर्तनका लागि युवा नेपाल तथा एलायन्सका सदस्य राजु चापागाई, चन्द्रा लम्सालले बोलेका थिए ।

कार्यक्रममा नवलपुरका बिभिन्न संघसंस्थाका प्रतिनिधीहरु गरी ४० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्