३४ अर्बको बजेट प्रस्तुत गर्ने प्रदेश ५ का मुख्यमन्त्री



०१ असार २०७६, काठमाडौँ

आज ०१ असार, सातै प्रदेशले आर्थिक वर्ष २०७६/७७ को बजेट ल्याउँदै छन् ।

यस्तै, प्रदेश नं ५ का आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारीले गए राती नै ३४ अर्ब रुपैयाँ हारहारीको वजेट तयार गरेर मुख्यमन्त्रीलाई बुझाइसकेका छन् ।

प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि ३४ अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउँदै छ । प्रदेश सभामा बजेट प्रस्तुत गर्नु अघि दिउँसो १ बजे मन्त्रिपरिषदको बैठक बसेर बजेटलाई स्वीकृति दिइने छ ।

आइतबार दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्य मन्त्री शंकर पोखरेलले बजेट प्रस्तुत गर्नेछन् ।

प्रदेश सरकारले राजस्व बाँडफाँडको १० अर्ब ९५ करोड ३० लाख जोडेर प्रदेश सरकारले गत वर्ष २८ अर्ब ९ करोड रुपैयाँको बजेट ल्याएको थियो ।

प्रदेश योजना आयोगले तयार गरेको पाँच वर्षे आवधिक योजना र सरकारको नीति तथा कार्यक्रममा आधारित रहेर बजेट बनाइएको छ ।

संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ५४ करोड एक लाख, राजश्व बाँडफाँडबाट ९ अर्ब ९१ करोड २३ लाख र सशर्त अनुदान ७ अर्ब ७७ करोड चार लाख बजेट विनियोजन भएको छ ।

कृषि र पूर्वाधारलाई प्राथमिकता दिइएको बजेट अघिल्लो वर्ष शुरु गरेर पूरा हुन नसकेका योजनाहरुलाई आउँदो आर्थिक वर्षभित्र पूरा गर्ने गरी रकम विनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस्