अमेरिकी सैनिकको उच्च पदमा नेपाली चेली अस्मिता



३० जेठ २०७६, काठमाडौँ

आजभोली नेपालीहरु आफ्नो देशमा मात्र नभएर अरुको देशमा गएर पनि आफ्नो देशको नाम राखिरहेका छन् । जुन सम्पूर्ण नेपालीको लागि खुसीको खबर हो । यस्तै नेपालकी चेली अस्मिता गुरुङ अमेरिकी सैनिक पदको  उच्च अहोदामा पुग्न सफल भएकी छिन् ।

नेपालमा १२ कक्षासम्मको शिक्षा हासिल गरेर उनी अध्ययनको लागि अमेरिका गएकी थिइन् । अस्मिताले अमेरिकाको टेक्सास राज्यमा ब्याचलर अफ साइन्स मा स्नातक हासिल गरेकी छिन् ।

स्याङ्जा मा जन्मिएकी नेपाली चेलीले अमेरिकाको अमेरिकन सैनिक संगठनको उच्च ओहदाको पद सेकेण्ड लेफ्टिनेन्ट पदमा नियुक्त भएकी छिन् । उनले विश्वकै वृहत सैनिक संगठनको लेफ्टिनेन्टमा ९ मे २०१९ मा सपथ समेत लिइसकेकी छन् ।

नेपाली चेली अमेरिकाको त्यो स्थानसम्म पुग्नु भनेको हाम्रो देशको लागि नै ठूलो कुरा हो । उनले नेपालको नाम उच्च बनाइदिएकी छिन् । उनलाई हामी सबैले सम्मान गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्