बलिउडका किङ्ग खान, साहरुख भिलेन बन्दै



२० जेष्ठ २०७६, काठमाडौं

बलिउडका चर्चित नायक साहरुख खानको फिल्म ‘जिरो’ असफल भएपछि उनले नयाँ फिल्ममा काम गरेका छैनन् । उनले धेरै फिल्ममा काम गर्ने खबर आएता पनि उनले काम भने गरेन्न। अब भने नायक साहरुख खानले फिल्म ‘धुम ४’मा अभिनय गर्न लागेको खबर बाहिरिएको छ ।

भारतीय मिडियामा यशराज ब्यानरले हिट फिल्मको सिरिजमा काम गर्नका लागि साहरुखलाई अफर गरेको खबर उल्लेख भएको छ । उक्त फिल्ममा साहरुख खान भिलेनको रुपमा देखिनेछन् । तर, साहरुख खानले अहिलेसम्म उक्त फिल्ममा काम गर्ने वा नगर्ने भने जवाफ दिएका छैनन् । फिल्ममा अभिषेक बच्चन र उदय चोपडा पनि रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्