बलिउडका सुल्तान सलमान खानको ‘भारत’ विवादमा



१७ जेठ २०७६, काठमाडौँ

बलिउडका सुल्तान सलमान खान यतीबेला आफ्नो नयाँ फिल्म ‘भारत’ को प्रमोशनमा ब्यस्त छन् । तर उनको फिल्म ‘भारत’को रिलीज मिति नजिकिँदै गर्दा विवादमा पर्ने सम्भावना बढेको छ । फिल्म विरुद्ध हाई कोर्टमा मुद्दा दायर भएपछि फिल्म रिलीज विवादमा पर्ने देखिएको छ ।

फिल्म ‘भारत’ को अनुच्छेद–३ ले (Emblems & Names Act) को उल्लंघन गरेको आरोप लागेको छ । यस अनुच्छेदका अनुसार कुनै पनि देशको प्रतिक चिन्ह र नामको प्रयोग कुनै पनि व्यवसायिक प्रयोजनको लागि गर्न नसकिने उल्लेख छ ।

त्यसैले रिलीजभन्दा पहिले ‘भारत’ विरुद्ध जनहित निवेदन दायर हुनु सलमान खानको लागि मुस्किल पैदा हुनु हो । फिल्मको रिलीज मिति ५ जुन तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्