‘सारेगमपा’ मा नेपालका छोरा प्रितमको जादुमय प्रस्तुतीले रसाए जजका आँखा : पुगे सेमिफाइनलमा (भिडियो सहित)



१७ जेठ २०७६, काठमाडौँ

भारतको चर्चित रियालिटी शो ‘सारेगमपा लिटल च्याम्प’ मा यतिबेला नेपालका छोरा प्रितम आचार्यले तहल्का मच्चाइरहेका छन् । उनले अडिसनदेखि नै जज र दर्शकको मन जित्दै आएका छन् ।

उनले हरेक एपिसोडमा आफ्नो फरक र उत्कृष्ट प्रस्तुतीले जज र दर्शकको मन जित्दै सेमिफाइनल सम्म पुग्न सफल भएका छन् । यतिबेला उनी फाइनलमा पुग्नको लागि मेहेनत गरिरहेका छन् ।

खुशीको कुरा त के छ भने उनले सेमिफाइनलमा पनि जजहरुको मन जितेका छन् ।

उनको ‘लुट गए’… बोलको गीत गाएको प्रोमो सार्वजनिक भएको छ । जसमा जजहरुले उनलाई स्टेजमै गएर बोकेको देखाइएको छ ।

त्यती मात्र होइन जज बसेका कलाकार आनन्द राजले उनको प्रस्तुती आफ्नो लागियादगार प्रस्तुती भनेका छन् । अर्का जजले थपेका छन्, ‘यहाँ गीत होइन जादु भइरहेजस्तो लाग्यो, मेरो जीवनमा ब्रेकअप भएको छैन, तर यो गीत सुन्दा भएजस्तै लाग्यो ।’ प्रितमको प्रस्तुतीमा जजहरु रोएको समेत देखाइएको छ ।

नेपालका बाल प्रतिभा, नेपालका गौरब प्रितमलाई विजेताको दाबेदार मानिएको छ । आफ्नो अलौकिक प्रतिभा देखाइरहेका उनलाई हाम्रो तर्फबाट पनि शुभकामना ।

https://www.youtube.com/watch?time_continue=2&v=bQx1fQkclgI

प्रतिक्रिया दिनुहोस्