‘विप्लव’ को समस्या सरकारले समाधान गर्नुपर्छ : रामचन्द्र पौडेलको भनाई, के लाग्छ तपाईहरुलाई ?



१५ जेठ २०७६, काठमाडौं

देशमा हिंसात्मक घट्ना बढ्दै गएकोले नेत्रविक्रम चन्द ‘विप्लप’ समूहलाई वार्तामा ल्याएर उनीहरुको समस्याको समाधान गर्नुको कुनै विकल्प नरहेको भनेर हिजो नेपाली काँग्रेसद्धारा आमसभा आयोजनामा नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बताउनुभयो ।

उहाँको यस्तो कडा प्रश्न उठेको छन् की, “विप्लव कसरी जन्मियो ? कहाँबाट जन्मियो र किन जन्मियो यसका बारेमा सरकारले बुझेर समाधान गर्नतिर लाग्नुपर्छ ।” देश परिवर्तनका निम्ती सबैले गरेको असफल भईरहेको बेला देशमा विकास र समृद्धिको यात्रा एक तर्फ रहेर सरकार गम्भरि रुपमा आबद्ध रहनुपर्ने उनको भनाई छन् ।

नेता पौडेलले सरकारले ‘विप्लव’ माओवादीमाथि नियन्त्रण गर्न प्रतिबन्धको कदम चालेर देशलाई द्वन्द्वमा फसाउन खोजेको आरोपसमेत लगाउनुभयो । उहाँले हिंसाको राजनीति त्यागेर सबैलाई शान्तिपूर्ण राजनीतिमा आउनसमेत आह्वान गर्नुभयो । देश र नागरिकलाई सुरक्षा दिन सरकार पूर्णरुपमा असफल भएको बताउँदै उहाँले ‘विप्लव’ लाई वार्तामा ल्याएर समस्या समाधान गर्न सरकार गम्भीर नभएको आरोप लगाउनुभयो । उहाँले ‘विप्लव’ समूहलाई पनि हतियार त्यागेर वार्तामा आउन आग्रह गर्नुभयो । त्यस्तै नेता पौडेलले दिपायलमा रहेका काङ्ग्रेसका संस्थापक नेता अर्जुनसिंह कठायतको नवनिर्मित सालिकको उद्घाटनसमेत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्