गरिबीका कारण श्रीमानको आत्महत्या : श्रीमती र छोराछोरीको बिचल्ली..



१४ जेठ २०७६, काठमाडौं

म्यादीको अन्नपूर्ण गाउँपालिका १ दोवानका अमबहादुर राम्जालीका एक निमुखा परिवार थिए, जहाँ एक छाक खानलाई दौदौ हुन्थ्यौँ, उनीहरु दैनिक ज्याला मजदुर गरेर नै बिहान बेलुकाको छाक टार्दै आईरहेका थिए ।

राम्जाली यी गरीबीका कारणले नै आत्महत्या मुख सम्म पुगे र उनका परिवार अहिले बिचल्लीमा परेका छन् । राम्जाली आफ्ना ५ छोराछोरी र श्रीमती पेट भरी खाना दिन नसकेकै पीरले उनले आत्महत्या गरेका हुन् ।

राम्जालीका श्रीमती र छोराछोरी अहिले छिमेकीको घरमा वस्दै आएकी आफ्ना ५ छोराछोरीलाई बिहान बेलुका हातमुख जोड्न र विद्यालय पढाउनलाई निकै जतिल परेको श्रीमती डल्ली बताउँछिन् ।

गरीबीको कारण जेठी छोरी कुमारी राम्जालीले एसइई उत्तीर्ण गरेपछि पढाइ छाडेर घरखर्च जुटाउन दैनिक छिमेकीको खेतमा काम गर्ने गरेकी छन् । कुमारीले भाइबहिनीको पढाइलाई निरन्तरता दिन ज्याला मजदूरी गर्नुपरेको वडा सदस्य मनकुमार गर्बुजाले जानकारी दिनुभयो ।

बिदा र फुर्सदको समयमा गाउँमा काम गरेर सङ्कलन गरेको पैसाले घरखर्च र शैक्षिक सामग्री खरीद गर्ने गरेको कैशाल माविको कक्षा १० मा अध्ययरत रामजालीकी छोरी कुशुमले बताइन । “अर्काको घरमा बस्छौँ, चुल्होमा मिठो खानेकुरा पाक्दैन”, उनले भनिन । उनले छिमेकी र आफन्तलाई मागेर खानुपर्ने बाध्यतालाई लुकाउने कैयौँ रात भोकै सुत्नु परेको बताइन

गाउँलेको खेतबारी तथा मेलापर्वमा काम गरेर कुमारीले खर्ज जुटाउने गर्नुभएको छ । उहाँका अनुसार कुमारी पढाइमा समेत अब्बल भए पनि गाउँबाट उच्च शिक्षाका लागि सदरमुकाम जान सक्ने अवस्था नभएकाले घरमै बसेर मेलापात गरी आमा र भाइ बहिनीको हेरचाह गर्नुभएको हो । कुमारीको ज्याला मजदूरीबाट कुसुमले कक्षा १०, कुमारले कक्षा आठ, करिना कक्षा चार र काजल कक्षा चारमा पढ्दै आएका छन् । करिना र काजल जुम्ल्याहा हुन ।

पढ्ने वातावरण भएमा राम्जालीका छोराछोरी पढाइमा अब्बल रहेको विद्यालयका प्रधानाध्यापक शेरबहादुर गर्बुजाले बताउनुभयो । उहाँले विद्यालयबाट समेत आवश्यक सहयोग गर्ने गरेको बताउनुभयो । “उनीहरूलाई सहयोगको आवश्यकता छ, आफ्नो खर्च आफैँ जुटाउनुपर्ने अवस्थामा छन”, गर्बुजाले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्