अन्धाधुन्द छुरा प्रहार ३ को मृत्यु १८ घाईते



१४ जेष्ठ २०७६, काठमाडौं

जापानमा एक व्यक्तिले अन्धाधुन्द छुरा चलाउँदा ३ जनाको ज्यान गएको छ भने, १८ घाईते भएका छन् ।

जापानको राजधानी टोकियोस्थित अपरिचित एक व्यक्तिले अन्धाधुन्द छुरा प्रहार गर्दा सो घटना घटेको हो ।

बालबालिकालाई लक्षित गरि गरिएको प्रहारमा परि ३ जनाको ज्यान गएको र १८ घाईते भएका हुन् ।

स्थानीय समयअनुसार मंगलबार बिहानै चक्कु प्रहार गरी आक्रमणकारी आफैले चक्कु प्रहार गरी आत्महत्या गरेको बताईएको छ ।

घटनास्थलमा २ वटा छुरा भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्