गजल यो ‘क्रिती’को



०१ जेष्ठ २०७६, काठमाडौं

मलाई नै हेरेर हाँसेका थिए, मलामीहरूले
कसिलो पारि बाँधेका थिए, मलामीहरूले

सँगै लान मन थियो, मन परेका चिजहरू
सबै कपडा खोलेका थिए, मलामीहरूले

बाँचुन्जेल खान नपुग्दा, भने कसैले दिएनन्
मरेपछि चामल छरेका थिए, मलामीहरूले

मैलो कपडामा जिन्दगी बिते, मरेपछि भने
सफा कपडामा राखेका थिए, मलामीहरूले

सायद शत्रु हुनुपर्छ, मेरा मलामी जाने सबै
जलाउँदा समेत कुटेका थिए, मलामीहरूले

प्रतिक्रिया दिनुहोस्