सामुदायीक प्रहरी साझेदारी अन्तर्गत शिक्षक-अभिभावक सुरक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न 



२२ बैशाख २०७६, काठमाडौं

सामुदायीक प्रहरी साझेदारी अन्तर्गत शिक्षक तथा विद्यार्थी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

विश्व शिक्षा सदन सेकेन्डरि स्कुल मैजुबहाल चाबहिलमा सम्पन्न   मन्टेस्वरी बेस्ड बिद्यालय सुरक्षा अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रहरी सहायक निरीक्षक प्रदिप रेग्मीले सामाजिक सुरक्षा चुनौतीलाई न्यूनीकरण गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए।

अभिभावकहरुले के कुरामा  सचेत हुनु पर्छ भन्ने कुरा उल्लेख गरे उनले किसोर अवस्थाका सम्भाबित सुरक्षा खतरा र सुरक्षा उपाय बारेमा शिक्षक अभिभावकलाई जानकारी गराए । प्रहरी बिद्यालय साझेदारी अन्तर्गत सन्चालित कार्यक्रमहरु लोकप्रिय भइरहेका छन ।

बिद्यालयका सहायक प्रिन्सिपल भिष्म ज्ञवालीले यस्ता कायर्यक्रमले अभिभावक बिद्याथीैलाई सुरक्षाका दृटिकोणले महत्वपुर्ण हुने बताए ।

 

प्रतिक्रिया दिनुहोस्