चण्डीभञ्ज्याङ माविको नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण



२२ बैशाख २०७६, काठमाडौं

फिक्कल गाउँपालिका वडा नं २ को चण्डीभञ्ज्याङ माध्यमिक विद्यालय सुम्नाम सुन्तलेको नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रम भव्यताकासाथ सम्पन्न भएको छ ।

एसिएन डेभलपमेन्ट बैंकद्वारा निर्मित भवनको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सीनाले विद्यालयको सम्भावना र भविक्ष्य राम्रो भएकाले यस विद्यालयको समग्र पक्ष सुधारको निम्ती सरकार पक्ष सम्म जानकारी गराउन आवश्यक पहल गर्न आफू प्रतिवद्ध रहेको बताए । उनले विद्यालय सुधार्नका निम्ती शिक्षकको महत्वपूर्ण भूमिका रहेको समेत स्पष्ट पारेका थिए ।

कार्यक्रमका अतिथि प्रतिनिधिसभा सदस्य पहाडीले भवन निर्माण भएकोमा खुशी व्यक्त गर्दै विद्यालयको बाहिरी आवरण मात्र पढाई राम्रो नहुने भन्दै व्यवस्थापन तथा शिक्षकहरुलाई पढाईमा गुणस्तर ल्याउन समेत आग्रह गरेका थिए ।

चण्डीभञ्ज्याङ माविका प्रधानाध्यापक टेक बहादुर थापा मगरले स्वागत मन्तव्य दिंदै विद्यालयलाई फिक्कल गाँउपालिकाकै नमूना विद्यालयका रुपमा चिनाउन आफू प्रतिवद्ध रहेको बताए ।

कार्यक्रममा सिन्धुली क्षेत्र नं १ का सांसद गणेश कुमार पहाडी, प्रदेशसभा सदस्यहरु प्रदिप कटुवाल, राजन दाहाल र विनोद खड्का, फिक्कल गाँउपालिका प्रमुख घनश्याम कार्की, फिक्कल गाँउपालिका वडा नं ३ का वडाध्यक्ष टेक बहादुर रजन मगर लगायत अन्य शिक्षाप्रेमी तथा समाजसेवीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितीका अध्यक्षता रुद्र बहादुर लुङ्गेलीले गरेका गरेका थिए भने संचालन विद्यालयका शिक्षक रत्न प्रकाश दाहालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्