हनिमुन मनाउन फ्रान्सको पेरिस पुगेका बर्षा र सन्जोग रोमान्टिक मुडमा (फोटो सहित)



१० बैशाख २०७६, काठमाडौँ

यतिबेला नायिका बर्षा राउत र नायक सन्जोग कोइराला हनिमुन मनाउनको लागि देश बाहिरका विभिन्न ठाउँमा पुगेका छन् । उनीहरु अहिले फ्रान्सको पेरिसमा पुगेका छन् । बर्षा र सन्जोगले आफ्ना केही तस्बिरहरु सामाजिक सञ्जालमा सेयर पनि गरेका छन् ।

तस्बिरमा बर्षाले सन्जोगलाई किस गरिरहेको देख्न सकिन्छ । यी दुईलाई नेपाली चलचित्र क्षेत्रमा निकै नै क्युट जोडीको रुपमा हेरिएको छ । विवाह भएको करिब २ महिनापछि एकअर्कासँग समय बिताउनको लागि बर्षा र सन्जोग देश बाहिरको ठाउँमा पुगेका हुन् । उनीहरुलाई तस्बिरमा निकै रमाइरहेको देख्न पनि सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्