भाग्यमानी बालिका : ६ वर्षअघि चिठ्ठामा कार, अहिले १० लाख डलर जितिन्



भारतकी एक ९ वर्षीया बालिकाले मंगलबार दुबई ड्युटी फ्रिको मिलेनियम मिलेनियर ज्याकपट अन्तरगत १० लाख अमेरिकी डलर चिठ्ठा जितेकी छिन् ।

सोही चिठ्ठामा ६ वर्ष अघि सोही बालिकाले एक लक्जरी कार पनि जितेकी थिइन् । खलिज टाइम्सका अनुसार एलिजा एम नाम गरेकी बालिकाले टिकट नम्बर ०३३३ नम्बरको टिकटबाट ज्याकपट जितेकी हुन् ।

बालिकाको पिता भारतको मुम्बई शहरका वासिन्दा हुन् । उनी विगत १९ वर्षदेखि उनी दुबईमा बस्दै आइरहेका छन् । उनी सन् २००४ देखि नियमित रुपमा उक्त चिठ्ठामा सहभागी हुँदै आइरहेका थिए ।

आफ्नो भाग्यमानी अंक ९ मान्ने ती व्यक्तिले ०३३३ नम्बरको टिकट अनलाइनबाट खरिद गरेको पत्रिकाले उल्लेख गरेको छ । बालिकाले यसअघि सन् २०१३ को जनवरीमा म्याकलरेन कुप लक्जरी कार जितेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्