‘भ्यालेन्टाइन डे’ स्पेशल तपाईको गर्लफ्रेन्ड रिसाए यसरी फकाउनुहोस्..



२७ माघ २०७५, काठमाडौं

नेपालमा पनि निकै  प्रेम दिवसको चर्चा भइहरेको छ । प्रेम दिवसको मुखैंमा तपाईको साथि रिसाइन भने त्यो तपाईका लागि त्यती फलदायक हुँदैंन । त्यसैंले आज हामी तपाईको यो समस्यालाई कसरी हटाउन सकिन्छ भन्ने बारेमा छलफल गर्न गइरहेका छौं । भारतको महाराष्ट्रमा एक युवकले आफ्नो शहरमा तीन सय होर्डिङ बोर्ड लगाएर प्रेमिकासँग माफी मागे, थाहा छैन उनले कसैलाई पढेका थिए कि थिएनन् ।

पुणे जिल्लामा एक जना २५ वर्षीय युवकले ‘शिवडे, आई एम सरी’ लेखेर होर्डिङ बोर्ड लगाएका थिए । ती युवकले जसरी भए पनि आफ्नी प्रेमिकालाई आफ्नो कुरा सुनाउन चाहन्थे । उनलाई आफ्नी प्रेमिकाको नाम वा उपनामा शिवडे लेखेर बोर्ड राख्दा युवतीको पहिचान खुल्ने हुँदा त्यसले पछि केही समस्या आउला कि भन्नेमा भने ध्यान पुर्याएनन् । युवकले गरेका कामका कारण उनको चर्चा समाचारपत्रसम्म पुग्यो, जसले होर्डिङ बोर्ड देखेका थिएनन्, जो त्यस शहर वा राज्यका बासिन्दा पनि थिएनन् ।

उनीहरुले पनि सञ्चारमाध्यमका तर्फबाट यो खबर थाहा पाए । अब प्रहरीले ती युवकसँग सोधपुछ गरिरहेको छ । ती युवतीले युवकलाई माफी दिइन् वा दिइनन् त थाहा छैन तर माफी माग्ने तरिकाका बारेमा भने बहस सुरु भएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्