पठनपाठनको सम्मानस्वरुप राष्ट्रिय पठन मेला



२६ माघ २०७५, काठमाडौंँ

विभिन्न विद्यालयलाई देशव्यापी रुपमा पुस्तकालयका लागि आवश्यक पुस्तक उपलब्ध गराउँदै आएको शिक्षा नेपालले आज नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा राष्ट्रिय पठन मेलाको आयोजना गरेको छ ।

‘नेपाल पढ्दै छ’ भन्ने मूलनाराका साथ नेपालले पठन मेलाको आयोजना गरेको हो । नेपालमा सरकारले पुस्तकालयको अवधारणा अघि सारे पनि त्यसको उचित व्यवस्थापन हुन नसकेकाले पुस्तकालयको विकास र विस्तारका लागि संस्थाको गठन गरिएको संस्थाका संस्थापक प्रेमबहादुर बोहोराले बताउनुभयो ।

“नेपालमा पुस्तकालयको स्थापनाका लागि सरकारले रकम र कर्मचारीको व्यवस्था त गरेको छ, तर पुस्तकालयको पहुँच आम जनतामाझ पुग्न सकेको छैन”, उहाँले भन्नुभयो । देशभर पुस्तकालयको व्यवस्था गर्नका लागि आफ्नो संस्थाले विभिन्न स्वयमसेवकलाई परिचालन गरेको उहाँले जानकारी दिनुभयो ।

सो अवसरमा द एशिया फाउण्डेशनका प्रोगाम म्यानेजर समिरा श्रेष्ठले फाउण्डेशनले नेपालभित्र दुई सयभन्दा बढी पुस्तकलाई इ–बुकका रुपमा राखेको जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, “फाउण्डेशनले नेपाली पुस्तकलाई विभिन्न भाषामा अनुवाद गरेर विश्वका विभिन्न देशमा पु¥याउन सफल भएको छ ।” पठन मेलाका अवसरमा फाउण्डेशनले शिक्षा नेपाललाई २५० वटाभन्दा बढी पुस्तक प्रदान गरेको थियो ।

पढ्ने मान्छेलाई पुस्तक आवश्यक नपर्ने विश्व बालबालिका पुरस्कार २०१४ बाट सम्मानित हुनुभएकी सामाजिक अभियन्ता इन्दिरा रानामगरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्