अनमोलसँग पहिलो पटक अन्तवार्ता दिदाँ निकै लजाइन् झरनाकी छोरी सुहाना



२१ माघ २०७५, काठमाडौँ

अनमोल केसी यतिबेला चलचित्र ए मेरो हजुर ३ मा व्यस्त छन् । झरना थापाको निर्देशनमा बनिरहेको चलचित्रमा अनमोलको जोडी झरनाकी छोरी सुहानासँग बाधिएको छ । केहिसमय अघि उक्त चलचित्रको एक गीतको अमेरिकामा छायांकन भएको थियो । सोही समयमा सुहाना र अनमोलसँग पहिलो पटक अन्तवार्ता लिइएको थियो ।

ए मेरो हजुर ३ सुहानाको पहिलो चलचित्र हो । त्यसैले पनि उनी अन्तवार्तामा त्यति खुलेर बोल्न सकिनन् । उनले अनमोलसँग काम गर्दा निकै सहज भने महशुस भएको बताइन् । अनमोलसँग अन्तवार्ता दिदाँव झरनाकी छोरी लजाएकी थिइन् ।

अनमोलले पनि चलचित्र निकै राम्रो बनेको र पहिलो चलचित्र भएपनि सुहानाले निकै राम्रो काम गरेको बताए । चलचित्रमा अनमोल र सुहाना प्रेमी प्रेमिकाको भूमिकामा रहेका छन् । चलचित्र ए मेरो हजुर ३ यहि चैत्र २९ बाट देशव्यापी रुपमा प्रदर्शनम आउँदै छ ।

 

 

प्रतिक्रिया दिनुहोस्