‘सालको पातको टपरी’….गीत गाएर विवादित भएपछि संगीतकारसँग माफी मागे रवि ओडले



२१ माघ २०७५, काठमाडौँ

रवि ओड अहिले निकै आलोचित बनिरहेका छन् । केहि समय अघि अष्ट्रेलियामा सालको पातको टपरी गीत गाउँदा उनले गीतको शब्द निकै नै बिगारेका थिए । त्यसमाथि उनले उक्त गीतका संगीतकारसँग अनुमति नलिइकन गीत गाएपछि उनको आलोचना भएको हो ।

सालको पातको टपरी गीत रविले बिगारेपछि यसका संगीतकारले आफ्नो आधिकारीक फेसबुकमा स्टाटस लेख्दै आफू दुखी भएको जनाएका थिए । रविका फ्यानले उनको खेदो खनेपछि उनले अहिले फेसबुकबाट उक्त स्टाटस हटाएका छन् ।

सबैतिर विवादित हुन थालेपछि रविले संगीतकारसँग माफी मागेका छन् । उनले आफूले सोध्दै नसोधी गीत गाएको र गीतको शब्द पनि बिगारेको स्वीकार्दै दिपकसँग माफी मागेका छन् । रविले त्यतिमात्र नभएर आफूले दिपकबाट धेरै कुरा सिक्न बाकिँ रहेको समेत बताए । दिपकले पनि उनलाई राम्रोसँग सम्झाएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्