‘को बन्छ करोडपति’ ले गर्यो धमाकेदार सुरुवात, यस्तो आयो दर्शकबाट प्रतिक्रिया



२१ माघ २०७५, काठमाडौँ

नेपालमा पहिलो पटक सञ्चालन गरिएको अन्तराष्ट्रिय स्तरको रियालिटी शो को बन्छ करोडपति को पहिलो भाग प्रशारण भैसकेको छ । नेपालमा यो स्तरको रियालिटी शो आउनु भनेको साँच्चै नै ठूलो कुरा हो ।

को बन्छ करोडपति ले पहिलो एपिसोडमा नै दर्शकको मन जित्न सफल भएको छ । राजेश हमालले होस्ट गरेको कार्यक्रमलाई अधिकांश दर्शकले सकरात्मक प्रतिक्रिया दिएका छन् ।

बौद्धिक खेल भएकाले यसलाई दर्शकले पनि निकै चासो दिएका छन् । पहिलो एपिसोडमा नै दर्शकको मन जितेको शो का अन्य एपिसोड अझ रोचक हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्