यस्तो रोग लागेपछि उपचारका लागि जर्मन जादैँ अनिल कपुर



२१ माघ २०७५, काठमाडौँ

अनिल कपुर बलिउडका निकै चर्चित अभिनेता हुन् । उमेरले ६२ बर्ष पुगेका अनिल आजपनि अन्य उत्तिकै जवान र स्वस्थ छन् । उनीसँग धेरै नायकहरुले स्वस्थ रहने टिप्स माग्छन् । यतिबेला उनी चलचित्र एक लड्की को देखा तो एसा लगा को प्रमोशनमा व्यस्त छन् ।

अनिल कपुरले अहिले भने आफ्नो काधँमा समस्या आएको बताएका छन् । केहि समयदेखि उनलाई यो समस्याले सताउन थालेको तर त्यस्तो डराउनु पर्ने केहि नभएको उनले बताएका छन् । यहि रोगको उपचार गर्नको लागि आँउदो अप्रिलमा अनिल जर्मन जादैँछन् ।

अनिलले आफूले आफूलाई स्वस्थ नै भएको महशुस गरेको र यस्ता सानो कुराले आफू नडराउने बताए । अनिलले आफूले अझैपनि धेरै काम गर्न बाकिँ रहेको बताएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्