अष्ट्रेलियामा ‘सालको पातको टपरी’…. गीत गाउँदा विवादमा परे रवि ओड



२१ माघ २०७५, काठमाडौँ

नेपाल आइडल सिजन २ को विजेता बनेसँगै रवि ओडको पनि जताततै चर्चा हुन थालेको छ । यतिबेला उनी देश तथा विदेशका कार्यक्रममा निकै व्यस्त छन् । केहि समय अघि आफ्ना नेपाल आइडलका साथीहरुसँग अष्ट्रेलिया  गएका रवि ओडले एक गीत बिगारेर गाएकाले अहिले निकै आलोचित बनिरहेका छन् ।

रवि ओडले अष्ट्रेलियामा भएको कन्सर्टमा अहिलेको सर्वाधिक सफल लोकदोहोरी गीत सालको पातको टपरी गाएका थिए । उनले स्टेजमा उक्त गीत बिना तयारीको गाएको प्रष्ट देखिन्छ । रविले स्टेजमा गीत विगारेपछि सालको पातको टपरी बोलको गीतका संगीतकार दिपक निकै दुखी भएका छन् । उनले रविले बिना अनुमति आफ्नो गीत गाएको र गीतको शब्द पनि उथलपुथल बनाइदिएको बताएका छन् ।

दिपकले यो कुरा आफ्नो आधिकारीक फेसबुकमा पनि सार्वजनिक गरेका थिए । तर रवि ओडका प्रशंसकले दिपकलाई निकै गाली दिएपछि उनले आफ्नो स्टाटस हटाएका छन् । सबैतिरबाट विवादित हुन थालेपछि रविले दिपकसँग माफी मागेका छन् । उनले आफूले गल्ती गरेको स्वीकार्दै अब यस्तो नगर्ने पनि बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्