अन्तत : चैत्र २२ मा आउने भयो प्रदिप र जसिताको ‘लब स्टेशन’



२० माघ २०७५, काठमाडौँ

नायक प्रदिप खड्का र नायिका जसिता गुरुङले पहिलो पटक चलचित्र लिलिबिली मा एकसाथ काम गरेका थिए । पहिलो चलचित्रबाट नै यो जोडीलाई दर्शकले अत्याधिक रुचाएका थिए । पहिलो चलचित्र सफल भएपछि प्रदिप र जसिताको दोस्रो पटक जोडी बाधिएको चलचित्र लब स्टेशन को यतिबेला छायांकन भैरहेको छ ।

चैत्र १ मा आउने भनिएको चलचित्र विविध कारणले सरेको सरै थियो । केहिसमय अघि प्रदिपको लब स्टेशन चैत्र २९ मा आउने भएको थियो । तर अन्तिममा चलचित्र लब स्टेशन ले आफ्नो प्रदर्शन मिति चैत्र २२ लाई रोजेको छ ।

यतिबेला चलचित्र लब स्टेशन को एक गीतको भियतनाममा छायांकन भैरहेको छ । जहाँ प्रदिप र जसिता एक अर्काको अंगालोमा बाधिएका छन् । छायांकन भैरहेको घाम जुन नै चाहिँदैन बोलको गीत आउँदो फागुन २ अर्थात् भ्यालेनटाइन डे को दिन पारेर रिलिज गर्ने बताइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्