पूर्वप्रेमी हिमांशलाई सम्झेर कन्सर्टमा गीत गाउँदा गाउँदै रोइन् नेहा (भिडियो)



२० माघ २०७५, काठमाडौँ

नेहा कक्कर बलिउडकी निकै चर्चित गायिका हुन् । तर यतिबेला उनी आफ्नो प्रेम र ब्रेकअपका कारण मिडियामा छाईरहेकी छिन् । केहिसमय अघि उनको हिमांश कोहलीसँग ब्रेकअप भएको थियो । वास्तवमा नेहाले हिमांशलाई ज्यादै माया गर्थिन् । यतिसम्म कि उनले आफू जाने हरेक ठाउँमा हिमांशको प्रशंसा गर्थिन् ।

हिमांशसँगको ब्रेकअपको पिडा सहन नेहालाई निकै कठिन थियो । त्यस समय उनी निकै टुटेकी थिइन् । यतिसम्म कि उनी डिप्रेशमा गएको कुरा समेत सार्वजनिक भएको थियो । तर समयअनुसार नेहाले आफूलाई सम्हाल्दैँ गइन् ।

केहिदिन अघिमात्र भएको एक कन्सर्टमा फेरि नेहा आफ्ना पूर्वप्रेमी हिमांशलाई सम्झेर रोएकी छिन् । उनले उक्त कन्सर्टमा ब्रेकअप भएका दर्शकको लागि भनेर उनले आफैले गाएको गीत माहि वे गाएकी थिइन् । तर गीत गाउँदा गाउँदै नेहा रोइन् । उनी रोएपछि दर्शकले उनलाई निकै हौसला दिए । त्यसपछि आँशु पुछ्दैँ नेहाले फेरि गीत गाइन् ।

 

 

प्रतिक्रिया दिनुहोस्