बधाई छ सुजनलाई, डान्स प्लस सिजन ४ मा दोस्रो स्थान हासिल गर्न भए सफल



२० माघ २०७५, काठमाडौँ

आजभोली भारतीय रियालिटी शो हरुमा नेपालीहरुको सहभागिता बढ्दो छ । यस्तैमा केहिसमय अघि भारतको चर्चित रियालिटी शो डान्स प्लस सिजन ४ मा नेपालका सुजन मार्पा पनि सहभागी भएका थिए । सुरुदेखि नै जर्ज र अडियन्सको मन जित्न सफल भएका सुजन डान्स प्लस को फाइनलमा पुग्न सफल भएका थिए ।

गएराति डान्स प्लस सिजन ४ को ग्राण्ड फाइनल भएको छ । नेपालका सुन मार्पाले जनताको अत्याधिक मत ल्याएर फस्ट रनरअफ बन्न सफल भएका छन् । उनीमाथी सम्पूर्ण नेपालीको माया खन्यीएको थियो । उनी विजेता त बन्न सकेनन् तर त्यति ठूलो रियालिटी शो मा गएर दोस्रो स्थान हासिल गर्नु भनेको पनि निकै ठूलो कुरा हो ।

उनले यो कुराको जानकारी आफ्नो आधिकारीक फेसबुकमार्फत् गराएका छन् । सुजले आफ्नो मात्र नभएर पुरा नेपालको नाम नै भारतमा फैलाउन सफल भएका छन् । उनलाई हाम्रो तर्फबाट पनि हार्दिक बधाई ।

 

 

प्रतिक्रिया दिनुहोस्