छोरा तैमुरको लापरवाह आमा भन्नेलाई करिनाले दिइन् कडा जवाफ



२० माघ २०७५, काठमाडौँ

आजकल बाबु आमा स्टार भएका कारण सेलेब्रेटिका छोराछोरी पनि जन्मदैँ स्टार भएर जन्मन्छन् । यस्तै बलिउड सेलेब्रेटी करिना कपुर र सैफ अली खानका साना छोरा तैमुर बलिउडका सबैभन्दा चर्चित स्टारकिड हुन् । उनी निकै साना छन् तर बलिउडमा उनको चर्चा उनका बाबु आमाको भन्दापनि  धेरै हुने गर्छ ।

यस्तैमा छोरा तैमुरको फोटो सामाजिक सञ्जालमा दिनहुँ जसो हाल्दा करिना र सैफ कहिलेकाही ट्रोल पनि हुने गर्छन् । यस्तै केहिदिन अघि करिनाको ट्रोल बनाउँदै उनलाई तैमुरको लापरवाह आमा भनियो । यसमा करिना निकै आक्रोशित भएकी छिन् ।

उनले आफू छोरा तैमुरलाई निकै माया र केयर गर्ने बताउँछिन् । त्यतिमात्र नभएर उनले आफूलाई त्यस्तो भन्नेलाई अहिले मेरो दिमागमा आइरहेको औँला देखाउन मन भएको बताइन् । उनले आफूले छोरा तैमुरको लागि एक सहयोगी राखेकोमा पनि फ्यानले आपत्ति जनाएको बताएकी छिन् ।

 

 

प्रतिक्रिया दिनुहोस्