नेपाललाई भातरले हेपेको छ : अनमोल केसी



२० माघ २०७५, काठमाडौँ

अनमोल केसी अभिनित चलचित्र क्याप्टेन को गत शुक्रबार राजधानीमा एक कार्यक्रम आयोजना गरि ट्रेलर सार्वजनिक गरिएको थियो । ट्रेलर रिलिज कार्यक्रममा चलचित्रका अधिकांश कलाकारको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा अनमोलले भारतले नेपाललाई हेपेको बताएका छन् । उनले भारतले नेपाललाई विभिन्न कुरामा हेपेको बताए । साथै उनले नेपालीहरु स्वाभिमानी र मेहेनती हुनुपर्ने कुरा पनि बताए ।

उनले कयाप्टेन चलचित्रले नेपालको स्वाभिमानलाई देखाउने बताए । अनमोल उक्त चलचित्रका लागि आफूले निकै नै मेहेनत गरेको बताए । चलचित्र मार्फत् उनले देशप्रतिको प्रेमलाई पनि दर्शाउन खोजिएको बताए । चलचित्र क्याप्टेन फागुन १७ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ ।

 

 

प्रतिक्रिया दिनुहोस्