अनमोल र म पहिले साथी अहिले दाजुभाई : प्रदिप खड्का



२० माघ २०७५, काठमाडौँ

नायक प्रदिप खड्का र अनमोल केसी दुवै नेपाली चलचित्र क्षेत्रका सबैभन्दा महंगा र व्यस्त अभिनेता हुन् । अहिले नेपाली सिनवृतमा यी दुईबीच कडा प्रतिस्पर्धा भएको बताइन्छ । तर अनमोल र प्रदिपले यो कुरालाई सधैँभरि नर्कादै आएका छन् । उनीहरुले एकअर्काको प्रतिस्पर्धी नभएर साथी भएको बताउँदै आएका छन् ।

यस्तैमा गत शुक्रबार मात्र चलचित्र क्याप्टेनको ट्रेलर रिलिज भएको थियो । प्रदिपले आफ्नो अफिसियल फेसबुकमा क्याप्टेन को ट्रेलर सेयर गर्दै गज्जबको स्टाटस लेखेका छन् । उनले अनमोल र आफू पहिले साथी मात्र भएको तर अब त दाजुभाई पनि भएको बताएका छन् । उनले क्याप्टेन अनमोलको नाम इशान खड्का भएकाले त्यसो भनेका हुन् ।

साथै प्रदिपले चलचित्र क्याप्टेन को ट्रेलरमा आएको भ्यूजलाई लिएर दर्शकलाई धन्यवाद दिदैँ नेपाली चलचित्रप्रति दर्शकको लोकप्रियता बढेको कुरा पनि बताए । यसरी प्रदिपको स्टाटसबाट साच्चैँ नै अनमोल र प्रदिपबीच प्रतिस्पर्धाको भाव भने नरहेको अनुमान लगाउन सकिन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्