सुनिल र आँचलको नयाँ गीत सार्वजनिक



२० माघ २०७५, काठमाडौँ

नायिका आँचल शर्मा सफल अभिनेत्रीसँगै सपफल मोडल पनि हुन् । अझ भन्नुपर्दा उनी चलचित्र भन्दापनि म्यूजिक भिडियोमा धेरै व्यस्त हुने गर्छिन् । त्यस्तै सुनिल क्षेत्री पनि अहिलेका सर्वाधिक व्यस्त र सफल कोरियोग्राफर तथा मोडल हुन् । भर्खरै मात्र आँचल र सुनिलको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

शंकर अधिकारीको शब्द र राजेन्द्र बजँगाईको संगीत रहेको मस्त जवानी बोलको गीतमा राजेन्द्र बजँगाई र विद्या तिवारीको आवाज रहेको छ । गीतमा आँचल र सुनिललाई फिचरिङ गराइएको छ । उक्त गीतलाई सुनिल स्वयमले कोरियोग्राफी गरेका हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस्