अनमोल केसीको बहुप्रतिक्षित चलचित्र ‘क्याप्टेन’ को ट्रेलर सार्वजनिक



२० माघ २०७५, काठमाडौँ

अनमोल केसी अहिलेका सवाएधिक सफल र व्यस्त अभिनेता हुन् । यतिबेला उनी चलचित्र ए मेरो ३ मा व्यस्त छन् । यो बर्ष अनमोलको २ चलचित्र प्रदर्शनमा आउँदै छन् ।

फागुन १७ बाट उनको चलचित्र क्याप्टेन प्रदर्शनमा आउँदै छ । उक्त चलचित्रको केहि समय अघि रहर छ सँगै बोलको गीत सार्वजनिक गरिएको थियो । जुन गीत यतिबेला बजारमा सर्वाधिक चर्चामा रहेको छ । त्यस्तै भर्खरै मात्र चलचित्र क्याप्टेन को अफिसियल ट्रेलर पनि सार्वजनिक गरिएको छ ।

चलचित्र क्याप्टेन अनमोलले आफ्ना लागि निकै विशेष भएको बताएका छन् । उनले भने अनुसार नै चलचित्रको ट्रेलरमा उनी एक राष्ट्रिय फुटबल खेलाडीको भूमिकामा देखिएका छन् । चलचित्र क्याप्टेन मा अनमोलका साथ दुई नव नायिका उपास्ना सिंह ठकुरी र प्रियंका एमभी को पनि प्रमुख भूमिका रहेको छ ।

चलचित्र क्याप्टेन लाई भुवन केसीले निर्माण गरेका हुन् । चलचित्रमा लेखन तथा निर्देशन दिवाकर भट्टराईको रहेको छ भने चलचित्रलाई नवराज उप्रेतीले खिचेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्