प्रियंकाको विवाहमा प्रियंकासँग रिसाएकी थिइन् उनकी आमा, यस्तो थियो रिसाउनुको कारण



१८ माघ २०७५, काठमाडौा

प्रियंका चोपडा बलिउड र हलिउडकी पनि स्थापित नायिका हुन् । यतिबेला भने उनी आफ्नो वैवाहिक जीवनको कारण चर्चामा छिन् । प्रियंका चोपडाले आफ्ना अमेरिकन प्रेमी निक जोनससँग २०१८ डिसेम्बरमा विवाह गरेकी हुन् । उनले दुई धार्मिक परम्परा अनुसार विवाह गरेकी थिइन् । भर्खरै मात्र प्रियंकाले एउटा अचम्मको कुराको खुलासा गरेकी छिन् ।

उनले आफ्नो विवाहको समयमा उनकी आमा मधु चोपडा उनीसँग रिसाएकी बताएकी छिन् । उनले उनकी आमा विवाहमा निकै रिसाएकी बताइन् । प्रियंकाले आफूले विवाहमा सबैलाई नबोलाएकोमा उनकी आमा रिसाएकी बताइन् । उनकी आमा उनको छोरीको विवाह सबैभन्दा राम्रो होस् भन्ने चाहन्थिन् । त्यसैले उनी आफ्नी छोरीको विवाहमा धेरै भन्दा धेरै पाहुनालाई हेर्न चाहन्थिन् । तर छोरीले आफ्नो कुरा नमानेपछि प्रियंकाकी आमा उनीसँग रिसाएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्