विश्वकी सबैभन्दा राम्री महिलाको सुचीमा नेपालकी श्रृङ्खला ११ औँ स्थानमा



१८ माघ २०७५, काठमाडौँ

मिस नेपाल २०१८ को उपाधी जित्दै मिस वर्ल्ड २०१८ को उत्कृष्ट १२ मा पर्न सफल श्रृङ्खला खतिवडा अहिले सर्वाधिक चर्चित छिन् । सम्भवत मिस नेपालको इतिहासमा यतिधेरै चर्चा पाउने उनी पहिलो मिस नेपाल हुन् । श्रृङ्खला सामाजिक कार्यमा पनि सक्रिय छिन् ।

Missosology.com ले २०१८ का विश्वभरका सबैभन्दा राम्री महिलाको सुची निकालेको छ । टप २० मा उल्लेख गरिएको संसारकै सबभन्दा राम्री महिलामा यो बर्ष नेपालको नाम पनि पर्न सफल भएको छ । विश्व सुन्दरी २०१८ मा भिड्न गएका महिलाहरुलाई आधारित बनाइएर निकालिएको सुचीमा नेपालले ११ औँ स्थान प्राप्त गर्न सफल भएको छ ।

नेपालकी श्रृङ्खला खतिवडाको नाम विश्वका सबैभन्दा राम्री सुन्दरीको ११ औँ स्थानमा आउनु भनेको नेपालको लागि पनि गौरवको कुरा हो । पहिलो स्थानमा भने भेनेजुएलाकी सुन्दरी पर्न सफल भएकी छिन् ।

 

 

प्रतिक्रिया दिनुहोस्