चलचित्र कुसुमे रुमाल बाट अहिलेसम्म पारिश्रमिक पाएको छैन : भुवन केसी



१८ माघ २०७५, काठमाडौँ

भुवन केसीलाई नेपाली चलचित्र क्षेत्रमा सदावहार नायक भनेर चिनिने गरिन्छ । कुनै एक समयमा नेपाली चलचित्र क्षेत्रमा उनको मात्र राज थियो । उनले खेलेका अधिकांश चलचित्र बक्सअफिसमा सफल छन् । उनी अहिले अभिनयको हिसाबले चलचित्र क्षेत्रबाट टाढा छन् । तर निर्माता र निर्देशकको हिसाबले भने अहिले पनि उत्तिकै सक्रिय छन् ।

भुवनले भर्खरै मात्र एक शो मा ठूलो खुलासा गरेका छन् । भुवनले खेलेको चलचित्र कुसुमे रुमाल जुन बक्सअफिसमा निकै सफल साबित भएको थियो । अझ त्यसबेला प्रदर्शनमा आएका चलचित्रमध्ये सबैभन्दा सफल भएको चलचित्र नै यहि थियो । यो चलचित्रलाई उद्धव पौडेलले निर्माण गरेका थिए ।

भुवनले उक्त चलचित्र सफल भएको तर आफूले अहिलेसम्म त्यो चलचित्रबाट पारिश्रमिक भने नपाएको खुलासा गरेका छन् । उनले त्यस समय निर्माताले चलचित्र चलेपछि पारिश्रमिक दिन्छ भनेको तर आफूले अहिलेसम्म पारिश्रमिक नपाएको बताए । तर उनले यसप्रति आफूलाई कुनै गुनासो नभएको पनि बताएका छन् । उनले यहि चलचित्रपछि आफूले पछाडी फर्केर हेर्नु नपरेको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्