छोरा तैमुरलाई यति धेरै माया गर्छन् सैफ र करिना, भन्छन् छोराबिना बाँच्न सक्दैनौँ



१७ माघ २०७५, काठमाडौँ

बलिउड क्युट कपलमा सैफ अलीखान र करिना कपुर खानको नाम पनि अग्र स्थानमा आउँछ । हुन त करिना सैफकी दोस्री पत्नी हुन् । तर पनि यी दुईबीच अथाह माया छ । सैफ र करिनाका एक साना छोरा पनि छन् । उनीहरु आफ्ना छोरा तैमुर खानलाई निकै माया गर्छन् ।

तैमुरको सुरक्षा र रेखदेखको लागि उनीहरुले कुनै उपाय बाकिँ छोडेका छैनन् । त्यतिमात्र नभएर तैमुरलाई करिना र सैफ आफ्नो ज्यानभन्दा पनि धेरै माया गर्छन् । उनीहरु तैमुर बिना आफूहरु बाँच्न नसक्ने बताउँछन् ।

एक अन्तवार्तामा सैफले आफू तैमुरलाई निकै माया गर्ने बताएका छन् । उनले तैमुरको लागि आफ्नो सुटिङ समेत छोड्ने गरेको बताए । सैफ र करिना बेला बेलामा छोरा तैमुरलाई लिएर घुम्न समेत जाने गर्छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्