अष्ट्रेलियामा सालको पातको टपरी गीतमा रविले यसरी नचाए दर्शक (भिडियो)



१७ माघ २०७५, काठमाडौँ

रवि ओडको चर्चा नेपाल आइडलको विजेता भएपछि जताततै हु थालेको छ । आजभोली उनी देश तथा विदेशका कार्यक्रममा व्यस्त छन् । यतिबेला उनी अष्ट्रेलियाको सिड्नीमा भएको कार्यक्रममा प्रस्तुती दिनमा व्यस्त छन् ।

रवि ओडले आफ्नो प्रस्तुतीले पुरै अष्ट्रेलियामा नै धमाका मच्चाएका छन् । उनले अहिलेको सर्वाधिक चर्चित लोकगीत सालको पातको टपरी बोलको गीतमा दर्शकलाई नचाएका छन् । उनले उक्त गीत गाउँदा दर्शक निकै रमाएका थिए ।

रवि ओडसँगै नेपाल आइडलका अन्य ५ प्रतिस्पर्धीले पनि आफ्नो धमाकेदार प्रस्तुती दिए । जे होस् नेपाल आइडलका प्रतिस्पर्धीले विश्वमा आफ्नो राम्रो छाप छोडिरहेको छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्