चलचित्र ‘ए मेरो हजुर २’ मा सलिनमान भन्दा पहिले हरिहर अनुबन्धित भएका थिए



१० माघ २०७५, काठमाडौँ

युवा ज्योतिष हरिहर अधिकारी अब चलचित्रका नायक समेत बनिसकेका छन् । उनको डेब्यु चलचित्र शुभ लब प्रदर्शनको तयारीमा रहेको छ । हिजोमात्र चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको छ ।

ज्योतिष विधामा आफूलाई सफल साबित गरिसकेका हरिहर अब चलचित्रमा पनि सफल हुन चाहने बताउँछिन् । चलचित्रको गीत रिलिज कार्यक्रममा उनले दुई विधामा हात हालेर पनि राम्रोसँग काम गर्न सके त्यसमा पनि सफलता मिल्ने बताएका छन् ।

चलचित्र ए मेरो हजुर को कथा उनले नै लेखेका थिए । चलचित्र बक्सअफिसमा निकै सफल पनि साबित भयो । त्यतिमात्र नभएर चलचित्रका लागि पहिले हरिहर अधिकारीलाई नै अफर गरिएको थियो । तर उनले चलचित्रमा भएको क्यारेक्टरमा आफू फिट नहुने भएपछि चलचित्र नगर्ने निर्णय लिएको बताए ।

उनले चलचित्रमा भएको क्यारेक्टर आफूसँग नमिल्ने भएकाले साथीभाईको सल्लाह अनुसार नै चलचित्र छाडेका थिए । चलचित्र शुभ लब को कथा पनि उनले नै लेखेका हुन् । उनी यो चलचित्रमा पनि एक ज्योतिषको भूमिकामा नै देखिएका छन् । उनले आफ्नो ज्योतिष शास्त्र अनुसार चलचित्र शुभ लब सफल हुने बताएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्