अमेरिकामा सुहानाको अँगालोमा अनमोल



८ माघ २०७५, काठमाडौँ

नायक अनमोल केसी यतिबेला चलचित्र ए मेरो ३ को छायांकनका लागि अमेरिकामा छन् । उनी करिब २ साता अघि अमेरिका उडेका थिए । यतिबेला अमेरिकाको रमणीय स्थलहरुमा चलचित्रको छायांकन भैरहेको छ । चलचित्रको केहि दुश्यहरु पनि अमेरिकामा नै छायांकन गरिएको छ । चलचित्र निर्माण टिमले भर्खरै मात्र चलचित्रका केहि तस्बिरहरु सार्वजनिक गरेको छ ।

सार्वजनिक तस्बिरमा सुहाना र अनमोलको निकै मिलेको केमेष्ट्रि देख्न सकिन्छ । अनमोल र सुहाना निकै रोमान्टिक मुडमा रहेको उक्त फोटोमा देख्न सकिन्छ । उक्त तस्बिरमा अनमोल र सुहानालाई निकै राम्रो पनि देखिएको छ ।

चलचित्र ए मेरो ३ लाई चर्चित नायिका तथा निर्देशक समेत रहेकी झरना थापाले निर्देशन गरेकी हुन् भने चलचित्रमा सुनिल कुमार थापाको लगानी रहेको छ । चलचित्र ए मेरो हजुर ३ यहि चैत्र २९ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्