लामो समयपछि पूर्वपती मनोज राजसँग गाइन् अञ्जु पन्तले गीत



७ माघ २०७५, काठमाडौँ

अञ्जु पन्त नेपालकी निकै चर्चित गायिका हुन् । उनको सुमधर आवाजको हजारौँ फ्यानहरु छ । अञ्जु पन्तको आवाज जस्तोसुकै गीतमा पनि फिट हुने खालको छ । त्यसैले पनि उनी सर्वाधिक व्यस्त हुन्छिन् । अञ्जु पन्तले डिभोर्स गरिसकेपछि अहिले उनी एक्लै नै छिन् । उनका पूर्वपती मनोज राज पनि नेपाली सांगीतिक बजारका स्थापित गायक हुन् ।

अञ्जु  पन्तले आमो समयपछि आफ्ना पूर्वपतीसँग गीत गाएकी छिन् । जुन भर्खरै मात्र सार्वजनिक भएको छ । सुरेन्द्र वाग्लेको शब्द र मनोजराज सिवाकोटीको संगीत रहेको सम्झे पनि तिम्रो याद बोलको गीतम अञ्जु पन्त र मनोज राजको आवाज रहेको छ । उक्त गीतमा प्रियंका कार्की, अनिल थापा र सुरेन्द्र वाग्लेलाई फिचरिङ गराइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्