यसरी फ्यानहरुले केक काट्दै बर्षालाई दिए विवाहको शुभकामना(फोटो सहित)



७ माघ २०७५, काठमाडौँ

नायिका बर्षा राउत अहिलेकी सर्वाधिक चर्चित र व्यस्त नायिका हुन् । उनले छोटो समयमा नै निकै लोभलाग्दो फ्यान फलोइङ बनाएकी छिन् । यतिबेला भने उनी चलचित्र गोपी को प्रमोशनमा व्यस्त छिन् । बर्षाको अहिले जताततै चर्चा छ । तर यसपटक उनी चलचित्रका कारण भन्दापनि आफ्नो आउँदै गरेको विवाहको कारण चर्चामा छिन् ।

उनी यहि भ्यालेनटाइन डे अर्थात् फागुन २ मा आफ्ना प्रेमी सन्जोग कोइरालासँग लगनगाठोँ कस्दै छिन् । त्यसैले पनि उनलाई अहिले शुभकामनाको ओइरो आइरहेको छ । केहिदिन अघिमात्र बर्षाका फ्यानहरुले एक कार्यक्रम राख्दै बर्षाको लागि केक काटेर उनलाई दुलही बन्ने शुभकामना दिएकी छन् ।

आफ्ना फ्यानहरुसँग बसेर आफ्नो खुसी साट्न पाउँदा बर्षा पनि निकै खुसी भएकी थिइन् । साथै आफ्नो मन पर्ने नायिकाले आफूहरुले बर्षाको लागि राखेको कार्यक्रममा बर्षा आउँदा उनका फ्यानहरु पनि निकै खुसी देखिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्