रणवीर कपुरको सम्बन्धबारे रणवीर सिंहको यस्तो भनाई



७ माघ २०७५, काठमाडौँ

बलिउड नायक रणवीर सिंहले गत नोभेम्बरमा बलिउडकी निकै चर्चित नायिका दिपिका पादुकोणसँग लगन गाठो कसेका थिए । त्यस्तै कुनै समयमा बलिउडमा अर्का चर्चित अभिनेता रणवीर कपुरको पनि दिपिका पादुकोणसँग अफेयर चलेको थियो । रणवीर सिंह र रणवीर कपुरले एकसाथ चलचित्रमा काम गरेका छैनन् । तर केहिदिन अघि एक च्याट शो मा यी दुई अभिनेता धेरै समयपछि एकसाथ देखिएका थिए ।

उक्त च्याट शो मा रणवीर सिंहलाई रणवीर कपुरलाई उसको सम्बन्धबारे सल्लाह दिनुहोस् भन्दा रणवीर सिंहले त्यसको जवाफ तुरुन्त फर्काएका थिए । रणवीर सिंहले रणवीर कपुर आफैँमा परिपक्क र वयस्क छन् । उनलाई सही गलत सबै थाहा छ र उनले आफ्नो निर्णय आफैँ लिन सक्छन् । त्यसैले उनलाई कसैको सल्लाहको जरुरत नै छैन भनेका छन् । रणवीर कपुर हाल आलिया भट्टको प्रेममा रहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्