नायिका ऋचा शर्मालाई भयो हर्ट हट्याक, भइन् नर्भिक अस्पतालमा भर्ना



७ माघ २०७५, काठमाडौँ

ऋचा शर्मा नेपालकी भर्सटाइल अभिनेत्रीको रुपमा परिचित छिन् । उनले धेरै चलचित्रमा काम गरिसकेकी छिन् । ऋचाले आफूलाई अभिनेत्री मात्र नभएर निर्मात्रीको रुपमा पनि आफूलाई स्थापित गरिसकेकी छिन् । उनै नायिकालाई अचानक हर्ट अट्याक भएको छ ।

उनलाई अचानक छाती दुखेर हर्ट अट्याक भएपछि तुरुन्त नर्भिक अस्पतालको आइसियूमा भर्ना गरिएको छ । अहिले उनी आईसियू बाट निस्किएर नर्भल बेडमा छिन् । तर उनको उपचारको क्रम जारी नै छ ।

चिकित्सकले उनको स्वास्थ्यमा सुधार आइरहेको बताएका छन् । यसबर्ष उनले खेलेको सुनकेसरी चलचित्र प्रदर्शनमा आएको थियो । तर चलचित्र सफल भने हुन सकेन ।

 

प्रतिक्रिया दिनुहोस्