नेपाल आइडलका कृश्चल कडेँलको पहिलो म्यूजिक भिडियो सार्वजनिक



७ माघ २०७५, काठमाडौँ

नेपाल आइडल सिजन २ मा आएर छोटो समयमा नै दर्शकको मन जित्न सफल प्रतिस्पर्धीमध्ये एक कृश्चल कडेँल पनि हुन् । मात्र १७ बर्षका कृश्चल नेपाल आइडल सिजन २ को टप ८ सम्म पुग्न सफल भएका थिए । सानो उमेरमा नै उनको संगीतप्रतिको लगाव देखेर उनी सबैका प्यारा बन्न सफल भएका हुन् । उनै कृश्चलको पहिलो म्यूजिक भिडियो भर्खरै मात्र सार्वजनिक भएको छ ।

एरिक गिरीको शब्द, संगीत र आवाज रहेको मनको छाता बोलको गीतम कृश्चल, याङ्सु श्रेष्ठ र सागर मगरलाई फिचरिङ गराइएको छ । गीत गाउन मात्र नभएर कृश्चल नाच्न पनि उत्तिकै सिपालु रहेको कुरा यो गीतबाट थाहा हुन्छ । गीतमा कृश्चललाई नेपालको नम्बर वान डान्सिङ रियालिटि शो बुगीवुगी का टप ८ प्रतिस्पर्धी सागर मगरले साथ दिएका छन् ।

अझ गज्जबको कुरा त के छ भने यी दुवै एपिवान का दुई ठूला रियालिटि शो का टप ८ प्रतिस्पर्धी हुन् र दुवैको उमेर पनि बराबर नै छ । निकै रमाईलो शैलीको गीतलाई सागर मगर र पुजन राईले कोरियोग्राफी गरेका हुन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्