मेलिना राईको नयाँँ गीत रिलिज, आयुष्मान र प्रियंका फिचर्ड



७ माघ २०७५, काठमाडौँ

प्रियंका कार्की र आयुष्मान देशराज जोशी अहिलेका हटकेक कपल हुन् । यी दुईको व्यस्तता आजभोली चलचित्रमा मात्र नभएर म्यूजिक भिडियोमा पनि निकै बढेको छ । केहि समयअघि इन्गेजमेन्ट गरेका यी दुईले अब चाडैँ नै विवाह पनि गर्दैछन् । भर्खरै मात्र यी दुईको नयाँँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

शक्ति क्षेत्रीको शब्द र राजन राज सिवाकोटीको संगीत रहेको थोरै माया म दिउला बोलको गीतम मेलिना राई र दिपक राज पाण्डेको आवाज रहेको छ । उक्त गीतमा आयुष्मान र प्रियंकालाई नै फिचरिङ गराइएको छ । रियल लाइफ जोडीलाई उक्त गीतमा पनि निकै नै राम्रो देखिएको छ । रमाईलो शैलीको गीतलाई सुरेन्द्र बसेलले कोरियोग्राफी गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्