२०७२ को भूकम्पमा विवाह गरेकी चर्चित गायिका रजिना रिमाल आमा बन्दै



३ माघ २०७५, काठमाडौँ

रजिना रिमाल नेपालकी निकै चर्चित गायिका हुन् । उनले नेपाली सांगीतिक बजारमा थुप्रै सुपरहिट गीतहरु गाएकी छिन् । रजिनाले २०७२ सालको भूकम्पको समयमा विवाह गरेकी थिइन् । उनले उक्त समयमा विवाह गर्दा धेरैजना अचम्मित भएका थिए ।

रजिनाले त्यस समयमा विवाह गर्न आफ्नो लागि पनि कठिन भएको तर त्यसपछि २ बर्षसम्मको लागि विवाहको साइत भएकाले त्यहि समयमा आफ्नो विवाह गरेको बताइन् । उनी हरेक प्रकारका गीतहरुमा फिट हुन्छिन् । त्यसैले पनि उनको जताततै डिमाण्ड छ । रजिनाको फ्यानहरुको लागि खुसीको खबर छ । उनी आमा बन्ने भएकी छिन् ।

रजिना  गर्भवती छिन् । उनले १ महिनाभित्र आफ्नो नयाँ पाहुनालाई यो संसारमा भित्र्याउँदै छिन् । रजिना र उनका श्रीमान् आमा बाबु बन्न लागेकोम आफू निकै खुसी भएको बताउँछन् । रजिनाको अन्तरजातिय विवाह भएको हो । तर उनको परिवारले उनलाई पुरा साथ दिएको उनी बताउँछिन् ।

 

 

प्रतिक्रिया दिनुहोस्