रहरले होइन लकले हिरो बन्न पाएको हुँ : धिरेन शाक्य



३ माघ २०७५, काठमाडौँ

आजभोली नेपाली चलचित्र क्षेत्रमा नयाँ कलाकारको आगमनले पुराना कलाकार ओझेलमा पर्न थालेका छन् । आजभोली हरेक निर्माता निर्देशक पुराना भन्दा नयाँ चलेका कलाकारलाई लिएर चलचित्र बनाउन चाहन्छन् । त्यसैले पनि आजकलका अधिकांश चलचित्रमा नयाँ कलाकार बढी देखिन्छन् । पुराना सुपरस्टार अभिनेता मध्ये धिरेन शाक्य पनि एक हुन् ।

मिलेको जिउडाल र अनुहार भएका धिरेन कुनै समयका नेपाली चलचित्र क्षेत्रका राजा नै थिए । उनलाई दर्शकले निकै नै रुचाउँथे । उनले धेरै सफल चलचित्रमा काम गरेका छन् । तर धिरेन आजभोली चलचित्रमा त्यति देखिदैँनन् । उनी नयाँ कलाकारहरुको आगमन हुनु राम्रो कुरा भएको बताउँछन् । धिरेनले आफू आफ्नो रहरले नभएर लकले हिरो भएको बताउँछन् । उनले आफू सानो छदाँ चलचित्रमा कत्तिपनि रुचि नभएरको तर पछि साथीभाईसँगको संगतले भाग्यका कारण हिरो बन्न पाएको बताए । तर उनी पछि आफ्नो पेशाबाट निकै खुसी भएको बताउँछन् ।

धिरेन लामो समयपछि चलचित्रमा ब्याक हुँदैछन् । उनले भर्खरै मात्र चर्चित नायक सलिनमान बनियाँ स्टारर चलचित्र यात्रा को छायांकन सक्काएका छन् भने अझै २ चलचित्र उनको पाइपलाइनमा  रहेका छन् । धिरेनले आफू सधैँ चलचित्रमा सक्रिय भैरहने बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्