ज्योतिष हरिहर अधिकारीकी गर्लफ्रेन्डले गरिन् चलचित्रको सुटिङमै हंगामा, रोकियो सुटिङ (भिडियो सहित)



२ माघ २०७५, काठमाडौँ

हरिहर अधिकारी नेपालका युवा ज्योतिषको रुपमा परिचित छन् । उनले हात हेरेर मानिसको भविष्य बताउने गर्छन् । ज्योतिषको रुपमा परिििचत हरिहर अब चलचित्रमा पनि सक्रिय हुन थालेका छन् । यतिबेला उनी उनको पहिलो चलचित्र शुभलब मा व्यस्त छन् । यतिबेला चलचित्रको छायांकन पोखरामा भैरहेको छ ।

अहिले उनको बारेमा एक कुरा निकै भाइरल भैरहेको छ । पोखरामा चलचित्रको छायांकन भैरहेको बेला हरिहरकी प्रेमिकाले छायांकन स्थलमा गएर हंगामा मच्चाएकी छिन् । उनले हरिहरलाई आफूलाई धोका दिएको भन्दै चलचित्रको छायांकन नै रोकाइदिइन् ।

त्यसरी अचानक एक युवती आएर चलचित्रको छायांकन रोकिदिदाँ हरिहर आफैँ पनि छक्क परे । तर ती युवतीले हरिहर आफ्नो ब्वाईफ्रेन्ड भएको तर पछि उसले आफूलाई तिरस्कार गरेको बताइन् । ती युवतीको आँशु देखेर सबैले हरिहरलाई नै गलत सम्झिए । सबैलाई उनलाई गाली पनि गरे ।

अन्त्यमा थाहा भयो कि त्यो सत्य नभएर एउटा प्रयाङ्क मात्र रहेछ । मुस्कान नाम गरेकी युवतीले पहिले नै चलचित्रको टिमसँग सल्लाह गरेर हरिहरलाई तर्साउने योजना बनाएकी रहिछिन् । नभन्दै उनको प्रयाङ्कले हरिहर निकै आत्तिएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्