अब विवाहभन्दा अगाडी कुनै फिल्म साइन गर्दैनौ : प्रियंका र आयुष्मान



२ माघ २०७५, काठमाडौँ

आयुष्मान र प्रियंका अहिलेका हटकेक कफल हुन् । उनीहरु एकपछि अर्को चलचित्र र म्यूजिक भिडियोमा व्यस्त हुन थालेका छन् । यो जोडि बेला बेलामा विवादमा पनि आइरहेको हुन्छ । प्रियंका र आयुष्मान करिब २ बर्षदेखि एकअर्काको प्रेममा रहेका छन् । अब आउँदो असारमा यो जोडीले विवाह पनि गर्दैछन् ।

हालैमात्र आयुष्मानले एक नयाँ चलचित्र साइन गरेका छन् । उनले उक्त चलचित्रपछि आफू अरु कुनैपनि चलचित्र साइन नगर्ने बताए । उनले मात्र नभएर प्रियंकाले पनि अब नयाँ विहेपछि मात्र साइन गर्ने बताइन् ।

यी दुईले अब आफ्नो समय विवाहलाई दिने बताए । यी दुईले आफ्नो विवाहभन्दा अगाडी अन्य चलचित्र साइन नगर्ने बताएका छन् । विवाहको लागि तयार गर्नको लागि चलचित्रले बाधा पुर्याउने भएकाले प्रियंका र आयुष्मानले यस्तो निर्णय लिएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्