पहिलो पटक स्टेजमा एकसाथ प्रस्तुती दिदैँ विराज भट्ट र रवि ओड



२ माघ २०७५, काठमाडौँ

नेपाल आइडलको विजेता बनेपछि आजभोली जताततै रवि ओडको चर्चा हुन थालेको छ । उनी आजभोली देशका विभिन्न कार्यक्रममा प्रस्तुती दिनमा व्यस्त छन् । कार्यक्रमको सिलसिलाम रवि ओड केहिदिन अघिमात्र अत्तरिया महोत्सवमा पुगेका थिए । उक्त अत्तरिया महोत्सवमा धेरै कलाकारहरु सहभागी भएका थिए ।

त्यस्तै लामो समयपछि चलचित्र क्षेत्रमा फर्केका चचिएत अभिनेता विराज भट्ट पनि अत्तरिया महोत्सवमा पुगेका थिए । उनलाई देखेर दर्शक निकै खुसी भएका थिए । उनले दर्शकले निकै मनोरञ्जन दिए । त्यस्तै रविको धमाकेदार प्रस्तुतीले अत्तरिया महोत्सवको माहोल नै तातिएको थियो । अन्य कलाकारले पनि त्यँहा प्रस्तुती दिए ।

रवि र विराज पहिलो पटक एउटै स्टेजमा एकसाथ देखिएका हुन् । रवि र विराजले दर्शकले निकै मनोरञ्जन दिन सफल भए । यी दुवैलाई हेर्नको लागि अत्तरियामा हजारौँको संख्यामा दर्शक उपस्थित भएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्