पोखरामा यसरी आफ्नो दमदार प्रस्तुतीले दर्शक झुमाइन् समिक्षाले (भिडियो सहित)



२ माघ २०७५, काठमाडौँ

समिक्षा अधिकारी अहिले बजारमा निकै लोकप्रिय नाम हो । पछिल्लो समयमा उनको जताततै चर्चा हुन थालेको छ । उनले चलचित्र नाई नभन्नु ल ५ को बालापनको उमेर बोलको गीत गाएकी छिन् । उक्त गीतलाई दर्शकले निकै रुचाएका छन् । त्यसैकारण पनि उनी अहिले जताततै डिमाण्डेड बन्दै गएकी छिन् ।

हालैमात्र पोखरामा भएको पोखरा महोत्सवमा उनी पनि उपस्थित भएकी थिइन् । त्यहाँ उनको निकै भव्यसँग सम्मान गरियो । समिक्षाले हजारौँ दर्शकको माझमा आफ्नो प्रस्तुती दिइन् । उनको प्रस्तुतीले पोखराको माहोल नै तातिएको थियो । समिक्षाले उक्त महोत्सवमा आफूले गाएको गीत गाएर दर्शकलाई निकै मनोरञ्जन दिइन् ।

समिक्षाले छोटो समयमा नै दर्शकको मन जित्न सफल भएकी छिन् । उनको दोस्रो गीत केहिदिन अघिमात्र युट्युबमा सार्वजनिक भएको छ । जसलाई दर्शकले निकै रुचाएका छन् । उनको अब छिट्टै तेस्रो गीत पनि रिलिज हुँदैछ ।

 

प्रतिक्रिया दिनुहोस्