ज्याकलिनको ठाउँमा ‘किक २’ मा दिशासँग रोमान्स गर्दै सलमान



०२ माघ २०७५, काठमाडौँ

बलिउड नायक सलमान खान अहिले उनको आफ्नै चलचित्र भारत मा व्यस्त छन् । उनी बलिउडका सर्वाधिक डिमाण्डेड र व्यस्त अभिनेता हुन् । भारत पछि उनका थुप्रै चलचित्रहरु पाइपलाइनमा रहेका छन् । तर जानकारी पाए अनुसार अब सलमानले भारत पछि आफ्नो समय किक २ मा दिनेछन् ।

सन् २०१४ मा प्रर्दशनमा आएको सुपरहिट चलचित्र किक को सिक्वेल किक २ पनि बन्ने भएको छ । किक मा सलमानसँग बलिउडकी हट अभिनेत्री ज्याकलिनले रोमान्स गरेकी थिइन् । चलचित्र किक २ भने सलमानसँग दिशा पटानी देखिने भएकी छिन् । दिशा पटानी पनि अहिले बलिउडमा निकै डिमाण्डेड अभिनेत्री हुन् । उनी पनि यतिबेला सलमानको चलचित्र भारत मा व्यस्त छिन् । सलमान र दिशा दुवैले भारत पछि आफ्नो समय चलचित्र किक २ मा दिने भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्